कविता

छ अद्भुद तर

-------------------

बिरालो भित्र  हैन नि 

मुसा भित्र छ बिरालो अचेल 

देन पनि  बदल्न सक्ने 

अत्याधुनिक खेल 

नानी रुदैंन 

गुडिया हाँस्छ 

ठुस्स नानी 

एक तमास 

गुडिया रुन्छ 

बस्त्र धुदैन ठिटीहरू 

हाइडेनमा कुरा धुन्छ 

शीरदेखि पाइताला 

ढाक्ने परिधान फ्याक्ने 

निहुं त हो 

फागुन मात्रै रोज्छ 

टिका ललाटमा हैन 

गालामा लाउं कि  भन्छ 

नाभिमा सार्यो कुण्डल 

कहाँ गर्छस नालिस गर 

भनेरै  कान थुर थुर छ 

नथ्था पनि परेलातिर 

क्या रेला हेला नाक 

सुगन्ध न दुर्गन्ध 

फुर फुर छ 

बिरालो भित्र  हैन नि 

मुसा भित्र  बिरालो छ

छ अद्भुद छ अचेल त ।


राममणि जोशी 

दार्जीलङ्ग