विराटनगर  / हास्यव्यङ्ग्यकार नगिता लेप्चा राईले ब्याकबाइटिङ क्वीन  हास्यव्यङ्ग्य निबन्ध प्रकाशित हुने भएको छ । 

आरिसले जलेको घाउहरुमा नुन चुक लगाउन आफुले  ब्याकबाइटिङ क्वीन निबन्ध संग्रह प्रकाशन गरेको लेप्चाले बताइन । उनको पहिलो कृति मेरो बालापन प्रकाशित भएको थियो । बेलायतको समकालीन साहित्य प्रतिष्ठान, लण्डन, बेलायतले उक्त पुस्तक प्रकाशन गर्ने भएको हो । 

यस हास्यव्यङ्ग्य निबन्धमा वरिष्ठ समालोचक गोविन्दराज भट्टराई र ख्यातिप्राप्त अन्तराष्ट्रिय व्यङ्ग्यकार नरनाथ  लुइँटेलको आशीर्वचन रहेको । यसको आवरण सन्तोष प्रधानले गरेका छन् ।