खोटाङ,राखा वाङ्देल  ३,मा जन्मेर पनि कान्छी छोरीले त्रिभुवन विश्वविद्यालयको ५० औ दीक्षान्त समारोहमा MBS स्नातकोतर (Master's degree) पूरा गरी दीक्षान्त समारोहमा दीक्षित प्रमाणपत्र प्राप्त गरेकोमा राजभण्डारी परिवार खुसी भएका छन्।

खोटाङ राखा वाङ्देल  जस्तो विकट ठाउमा जन्मेकि सविना राजभण्डारी स्व. बुवा राम राजभण्डारी र आमा निरा राजभण्डारीकि कान्छी छोरी हुन् । श्री कालिका मावि बाट एस.एल.सी. फस्ट डिभिजनमा पास भएकी थिइन्।भने निराले मध्यपहाडी क्षेत्रमा खेती गरेर तीन सन्तान पढाउदै आएकी थिन्। 

 नेपाल प्रहरी को हल्दार पदमा कार्यरत् डिउटी को शिलसिलामा २०५८/०८/१० मा सोलु जिल्ला को भिडन्तमा परी ज्यान गुमाएका श्रीमानको वियोगान्तमा पनि विचलित नभै आफ्ना सन्तानको भविस्य खोज्दै इटहरी सम्म आइपुगिन निरा अहिले इटहरी २०मा बस्दै आएकी छन्।

निराले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण खेती  गरेर आएको रकमले धान्नु परेको छ । एउटा छोरीले स्नातकोतर दीक्षान्त दीक्षित सम्म पढाउँन सकेकोमा खुसी व्यक्त गरेकि छन्।