विराटनगर ,कवि हरि कट्टेलको अध्यक्षतामा भएको विराटनगरका साहित्यकारहरूको भेलाले छन्दवाटिका नेपालको  विद्यामान समितिलाई पुनर्गठन  गरेको छ। छन्दवाटिका नेपालका उपाध्यक्ष  कविराज पोखरेलको निधन भई लामो समयदेखि पद रिक्त रहेको र अन्य केही सदस्यहरू पनि  जागीर वा बसाईका शिलशिलामा जिल्ला  बाहिर रहनु भई समितिकाो अपूर्णता रहेकोले कार्यसम्पादनमा  असहजता भएको महसुस गरी यो पुनर्गठन गरिएको स्रोतले जनाएको छ । पुनर्गठित समितिका  पदाधिकारीहरूमा  हरि कट्टेल  अध्यक्ष , निर्मला कोइराला उपाध्यक्ष , चिरञ्जिवी काफ्ले सचिव ,भूपाल अधिकारी कोषाध्यक्ष, स्वयम्भू नाथ कार्को सहसचिव र सदस्यहरुमा शारदा कार्की , उमानाथ घिमिरे सागर, योगेन्द्र दाहाल ,शारदा भट्टराई ,कमार श्रेष्ठ ,कविता चापागाईं रहेका छन् । छन्दवाटिका विराटनगरकामा लामो समय देखि साहित्यिक गतिबिधिहरू गर्दै आएको संस्था हो