छन्दवाटिकाको बैठक सम्पन्न
- कार्तिक १०, २०८१
- १,६१० पटक पढिएको
विराटनगर ,कवि हरि कट्टेलको अध्यक्षतामा भएको विराटनगरका साहित्यकारहरूको भेलाले छन्दवाटिका नेपालको विद्यामान समितिलाई पुनर्गठन गरेको छ। छन्दवाटिका नेपालका उपाध्यक्ष कविराज पोखरेलको निधन भई लामो समयदेखि पद रिक्त रहेको र अन्य केही सदस्यहरू पनि जागीर वा बसाईका शिलशिलामा जिल्ला बाहिर रहनु भई समितिकाो अपूर्णता रहेकोले कार्यसम्पादनमा असहजता भएको महसुस गरी यो पुनर्गठन गरिएको स्रोतले जनाएको छ । पुनर्गठित समितिका पदाधिकारीहरूमा हरि कट्टेल अध्यक्ष , निर्मला कोइराला उपाध्यक्ष , चिरञ्जिवी काफ्ले सचिव ,भूपाल अधिकारी कोषाध्यक्ष, स्वयम्भू नाथ कार्को सहसचिव र सदस्यहरुमा शारदा कार्की , उमानाथ घिमिरे सागर, योगेन्द्र दाहाल ,शारदा भट्टराई ,कमार श्रेष्ठ ,कविता चापागाईं रहेका छन् । छन्दवाटिका विराटनगरकामा लामो समय देखि साहित्यिक गतिबिधिहरू गर्दै आएको संस्था हो




















