सुन्दरहरैँचा, विराटचोक मोरङ   असोज २० सुकुना बहुमुखी क्याम्पस,   सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा परिषद्को अठारौँ बैठक सम्पन्न भएको छ । कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा  भएको बैठकमा प्रतिनिधि सभाका माननीय सदस्य डा. सुनिल शर्मा, कोशी प्रदेश सभाका माननीय सदस्य ज्ञानेन्द्र सुवेदी,  जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ र त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक सहप्राध्यापक डा. डिल्ली प्रसाईँ  विशिष्ट अतिथिका रुपमा उपस्थित थिए भने सुन्दरहरैँचा नगरपालिकाका नगरउपप्रमुख अकली चौधरीज्यू, कोशी प्रदेश सरकारका पूर्वराज्यमन्त्री राजकुमार ओझा र नगरपालिकाका प्रवक्ता रोषन ढकाल अतिथिको रुपमा उपस्थित भएका थिए । परिषद् बैठकमा परिषद्का सदस्य, शिक्षक, कर्मचारी र विद्यार्थी प्रतिनिधि गरी २५० जनाभन्दा बढि उपस्थित भएका थिए । परिषद् बैठकमा सञ्चालक समितिकोतर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले आ.व. २०८०/०८१ को शैक्षिक, व्वस्थापकीय, सञ्चालिक शैक्षक कार्यक्रमहरू, शैक्षणिक विधि, सिकाइ उपलब्धी, भौतिक, आर्थिक पक्षसहीतको वार्षिक प्रगति प्रतिवेदन, आ. व. २०८१/०८२ को नीति तथा कार्यक्रम र रु. एक्काइस करोड अन्ठानब्बे लाख बाह्र हजार छ सय अठ्ठाइस पैसा सन्तान्ब्बेको अनुमानित आय-व्यय बजेट प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको उद्धाटन सत्रमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अध्यक्ष र क्याम्पस प्रमुखबाट क्याम्पस स्थापना, विकास, विस्तार र ख्यातिका लागि महत्वपूर्ण सहयोग पुर्या्उनु हुने संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईँ, क्याम्पसमा तीन पटकसम्म अध्यक्ष हुनु भएका माननीय चन्द्रबहादुर गुरुङ, संस्थापक क्याम्पस प्रमुख रामप्रसाद काफ्ले, जग्गादाता, चन्दादाता एवम् पूर्व उपाध्यक्ष उदयनारायण काफ्ले  र चन्दादाता एवम् समितिका पूर्व सदस्य मानबहादुर बस्नेतलाई नेपाली टोपि, दोसल्ला र ताम्रपत्रबाट सम्मान गरिएको थियो । उद्घाटनसत्रमा मुख्यमन्त्री कार्कीले सुकुना क्याम्पको विकास र ख्यातिका लागि सहयोग गर्न आफू इच्छुक रहेको घोषणा गरेका थिएभने विशिष्ट अतिथिको रुपमा प्रतिनिधि सभाका माननीय सदस्य डा. सुनिलकुमार शर्माले क्याम्पसले प्राविधिक तथा व्यवसायिक धारका विषयहरू सञ्चालन गर्नु पर्ने र यसका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैगरी कोशी प्रदेस सभाका माननीय सदस्य ज्ञानेन्द्र सुवेदीले क्याम्पसले प्राप्त गरेको शैक्षिक, भौतिक र व्यवस्थापकीय उपलब्धी प्रशंसा गर्न योग्य र अनुकरणीय रहेको बताएका थिए । सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रत्यायनको प्रमाणपत्र प्राप्त भएपछि क्याम्पसले थप उचाइ प्राप्त गर्ने बताएका थिए । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक सहप्राध्यापक डा. डिल्ली प्रसाईँले त्रिविले परीक्षा क्यालेण्डर लागु गरिसकेको अवस्थामा क्याम्पसमा सञ्चालन गरिने शैक्षिक कार्यक्रमहरू अझ प्रभावकारी हुने बताएका थिए । स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष लिम्बूले त्रिवका विकृति र विसङ्गति औँल्याउँदै सुकुना क्यम्पसमा यस्त विकृति नरहेको बताएका थिए।

कार्यक्रममा सहभागि प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि गण र परिषद् सदस्यलाई सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले गर्नु भएको थियो । 

क्याम्पस परिषद् बैठको बन्दसत्रमा आ.व. २०८०/०८१ को क्याम्पसको प्रगति प्रतिवेदन, क्याम्पसको आन्तरिक लेखा परीक्षण प्रतिवेदन, क्याम्पसको वाह्य लेखा परिक्षण प्रतिवेदन र आ.व. २०८१/०८२ का लागि क्याम्पसको नीति तथा कार्यक्रम, रु. एक्काइस करोड अन्ठानब्बे लाख बाह्र हजार छ सय अठ्ठाइस पैसा सन्तान्ब्बेको क्याम्पसको बजेट, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक सहीत यस वर्ष देहावशान भएका परिषद् सदस्यको लागि शोक प्रस्ताव पारित गर्दै बैठक समापन गरिएको थियो । 


बेलबारी बाट, रेखा सुवेदी