विराटनगरको चोकचोकमा डाइस, प्रहरी बेखवर
- कार्तिक ३, २०८३
- १६३ पटक पढिएको
विराटनगर । चाडपर्वको समयमा जुवातास तथा डाइस खेल्ने र खेलाउने गतिविधि बढ्दै गएको छ। विराटनगरका विभिन्न चोक तथा बस्तीमा खुलेआम डाइस खेलाइरहे पनि प्रहरिहरुले भने वास्तै नगरी हिडिरहेका छन् । विराटनगर उपमहानगरपालिकाले यो कुरामा ध्यान दि रहेको देखिदैन प्रहरीले पनि जुवातास तथा डाइस नियन्त्रण गर्ने नीति लिएको भए पनि विभिन्न स्थानमा यस्ता गतिविधि जारी रहेको छ ।
स्थानीयका अनुसार चोकचोकमा यस्तो गतिविधले समाजमा पर्ने असर बारे चिन्ता व्यक्त गरेका छन् । चाडपर्वको मौका छोपेर विभिन्न स्थानमा जुवाजन्य खेल सञ्चालन हुँदा स्थानीय क्षेत्रमा असुरक्षा र सामाजिक विकृति बढ्ने भए पनि प्रहरी भने बेखवर देखिएको छ ।



















