विराटनगर । ट्राफिक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले विराटनगरमा युवाहरू र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनमा रिफ्लेक्टिभ स्टीकर टाँस्ने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत विशेषगरी रातिको समयमा हुने सडक दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित मोटरसाइकल, साइकिल तथा अन्य सवारीसाधनमा रिफ्लेक्टिभ स्टीकर टाँसिएको थियो। युवाहरूको सक्रिय सहभागिता र ट्राफिक प्रहरीको समन्वयमा सञ्चालन गरिएको अभियानले सवारीसाधनलाई टाढाबाटै देखिने बनाउने विश्वास लिइएको छ।

ट्राफिक प्रहरीका अनुसार यस्तो अभियानले चालक तथा पैदलयात्री दुवैको सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। स्थानीय युवाहरूले समेत सडक सुरक्षामा आफ्नो भूमिका बढाउँदै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताए  ।