विराटनगर । गुरुप्रसाद मैनालीको चर्चित कथामा आधारित नाटक ‘कर्तव्य’ विराटनगरस्थित आरोहण गुरुकुलमा विहीबारदेखि मञ्चन भइरहेको छ । 

मैनालीद्वारा लिखित कथालाई नाट्यकार भरत बर्बरिकले नाट्य रूपान्तरण गरेका छन्  । नाटकको निर्देशन सुदीपजंग कार्कीको रहेको छ । भदौ २५ देखि असोज १५ गतेसम्म नियमित रूपमा नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री मानवीय गीता तिम्सिनाको प्रमुख  उपस्थित रहेको थियो 

‘कर्तव्य’मा भरत बर्बरिक, सुदीपजंङ्ग कार्की, अर्पित नेपाल,सन्तोष बन्बो , सविना श्रेष्ठ, सुशीला प्रसाईं दंङ्गाल ,संजय मुडियारी, सुशील कार्की , प्रदीप परियार, मञ्जुल अधिकारी, एन्जिला भट्टराई, जस्मिन गुरुङ, प्राञ्जिला घिमिरे र जीविका कार्कीलगायतको जिवन्त अभिनय रहेको छ । 

नाटकको मञ्च परिकल्पना सञ्जय मुडियारीले गरेका छन्  भने मञ्च निर्माण प्रदीप सरकारको रहेको छ । प्रकाश तथा ध्वनि परिचालन सुशील कार्की, सह–निर्देशन अर्पित नेपाल र निर्देशन सुदीपजंङ्ग कार्कीको रहेको छ ।

मैनालीको साहित्यिक कृतिमा आधारित ‘कर्तव्य’ले मानवीय सम्बन्ध, जिम्मेवारी र सामाजिक परिवेशलाई नाटकीय रूपमा प्रस्तुत गरेको छ । आरोहण गुरुकुलमा भइरहेको नियमित मञ्चनले विराटनगरमा रंगमञ्चप्रतिको आकर्षणलाई पुनः बढाउने अपेक्षा गरिएको छ ।