प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–३ स्थित चौदेलाखोल्सा उपल्लो घाँगु काईयामा लुकाइछिपाई राखिएको अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय लुङ्बहाने, प्यूठानबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने क्रममा सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा रहेका चार नाल भरुवा बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएका सबै बन्दुक साबुत अवस्थामा रहेका छन्। कसले र कुन उद्देश्यले उक्त स्थानमा बन्दुक लुकाइछिपाई राखेको हो भन्ने विषयमा खुल्न बाँकी रहेको छ।
बरामद गरिएका बन्दुकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले आसपासका क्षेत्रमा समेत अनुसन्धान तथा खोजतलासलाई तीव्र बनाएको छ।




















