काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उद्योगी तथा व्यवसायीप्रति दिएको विवादास्पद अभिव्यक्तिपछि चौतर्फी आलोचना भएपछि उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन्।
ग्यास आपूर्ति सहज बनाउने विषयमा छलफल भइरहेका बेला मन्त्री यादवले उद्योगीको ‘पाता फर्काउनुपर्ने’ भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर विवाद बढेको थियो।
उनको उक्त अभिव्यक्तिप्रति उद्योगी तथा व्यवसायी क्षेत्रबाट समेत आलोचना भएपछि मन्त्री यादवले राजीनामा दिने निर्णय गरेकी हुन्।




















