विराटनगर । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘कर्तव्य’ अब रंगमञ्चमा प्रस्तुत हुने भएको छ। नाम्लो नाट्य समूह, विराटनगरको आयोजनामा तथा द शब्द एक्सप्रेस, विराटनगरको सह–आयोजनामा नाटक मञ्चन हुन लागेको हो।

वरिष्ठ साहित्यकार तथा रंगकर्मी भरत बर्बरिकले कथाको नाट्य रूपान्तरण गरेका छन् भने नाटकको निर्देशन सुदीपजङ्ग कार्कीले गरेका छन्।

नाटक भदौ २५ गते बिहीबारदेखि असोज १५ गत्ते सम्म विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा मञ्चन हुनेछ।

सामाजिक तथा पारिवारिक कथावस्तुलाई रंगमञ्चमार्फत प्रस्तुत गरिएको ‘कर्तव्य’ नाटकले मानवीय सम्बन्ध, पारिवारिक जिम्मेवारी तथा जीवनका संवेदनशील पक्षलाई उजागर गर्ने बताइएको छ।

नाटकको ब्रान्डिङ सहकार्य फिजन एडभरटाइजिङसँग गरिएको आयोजकले जनाएको छ।