नाटकमा उच्चा जातका शासकले तल्लो जातका नारीहरूले आफ्नो स्तन ढाक्न नपाउऩे फर्मान जारी गरे। नारीलाई 'अर्द्ध आकाश' भनिन्छ । तर आधुनिक समाजमा नारीको अवस्थान भनेजस्तो परिवर्तन हुन सकेको छैन । शहर-बजार, गाउँ-बस्तीमा हुने नारी उत्पीड़नले नारी 'अर्द्ध' ता टाढ़ाको कुरा उनीहरूले अद्यावधि आकाशको एक छेउ पनि राम्ररी मुठ्याउनु सकेका छैनन् । नारीलाई समाजमा हेयको दष्टिले हेरिने, तिनको अपमान गर्ने, तिनको आब्रुमाथि खिल्ली उड़ाउनेहरू विरूद्ध विरोध गर्ने आँट कसको होला र ? तर सबै नारी नारी हुँदैनन् । कति नारी यस्ता पनि देखिएा छन् जसले सान्तवादी समाज विरुद्ध विरोधको शङ्खघोष गरेर तमाम् नारी जातिमाथि भइरहेको अच्याचारलाई जरैसित उखेलेर मिल्काउने आँट गरिन् । ती आँटी नारी हुन् नाँगेली । केरलको त्रावणकोरमा राजाको निर्देश अनुसार कुनै पनि तल्लो जातका नारीहरूले आफ्नो स्तन खुल्लै राखेर अद्धनग्न अवस्थामै हिँड़्नुपर्थ्यो । कुनै पनि तल्लो जातका नारीले आफ्नो स्तन ढाकेको खण्डमा तिनले स्तन कर तिर्नुपर्थ्यो । लाजमर्दो कुरो, स्तन कर पनि स्तनको आकारमा तिर्नुपर्थ्यो । नाँगेलीलाई यो कुरो पटक्कै पचेन । आफ्ना लोग्नेसित यसबारेमा कुरा गर्दा आरम्भमा पतिले विरोध गरे पनि पछिबाट साथ दिएपछि नाँगेलीले आफ्नो स्तन छोपेर हिँड़न थालिन् । सामन्तवादीहरू स्तन कर लिन नाँगेलीकहाँ आए । स्तन कर तिर्नुको साटो स्तन करको विरोधमा नाँगेलीले आफ्नै हातले आफ्नै दुइ-दुइवटा स्तन धारिलो हतियारले काटी सामन्तीहरूका सामु राखेर अभूतपूर्व आँटिलो उदाहरण पेश गरिन् । तर ज्यादै रगत बहेकोले नाँगेलीले प्राण गुमाइन् । नाँगेलीले ज्यान गुमाए पनि उनको यो साहसिक बलिदान पछि त्रावणकोरको कुना-काप्चामा स्तन कर विरुद्ध व्यापक आन्दोलन शुरु भयो । अन्त्यमा सामन्ती व्यवस्थाले घूँड़ा टेक्न कर लागेर कुनै पनि तल्लो जातका नारीले आफ्नो स्तन ढाक्ने अनुमति दिइयो ।

आफ्नो हक, अधिकारको निम्ति हाम्रा शोषित, पीड़ित, अवहेलित नारीहरूले पनि यस्तै प्रकारको विरोध, आन्दोलन गर्न सके सफलता हासिल गर्न सकिन्छ भन्ने उद्देश्यमा यो नाटक लेख्ने जमर्को गरेको हुँ । मलाई लाग्छ आन्दोलन गर्ने हाम्रा समस्त नारीहरूले यो नाटक आद्योपान्त पढ़िदिउन्. किताबै पढ़्न नरुचाउनेहरूलाई पनि यो नाटकको सार मौखिक रुपमै भए पनि सुनाइदिउन् । हाम्रा नारीहरू सबै "नाँगेली" हुन सक्तैनन् । नाँगेली नै नभए पनि नाँगेलीजस्तै आँट लिएर हिङ नभए पनि हिङ्को टालोमात्र भइदिए भने पनि केही फत्ते ता होला भन्ने मेरो विचार छ । जुलूसमा गगनभेदी नारा फलाँकेर मात्र हाम्रो हक, अधिकार हामीलाई प्राप्त हुनेछ भन्ने कुरामा शङ्का गर्ने ठाँवै छैन । नाँगेलीले आफूलाई गुमाइन् तर उनीजस्तो पीड़ित, शोषित तल्लो जातका नारीहरू आफ्नो अब्रु सुरक्षित राख्ने अधिकार पाइन् । यसर्थ केही गुमाए मात्र केही हत्याउन सकिन्छ भन्ने कुरालाई यस नाटकमा नाटककार कृष्ण प्रधान प्रदर्शन गरेर नारी जातिको सुरक्षा हुनुपर्ने आह्वान गरेको देखिन्छ ।
नाङ्गेलीको मृत्यु मात्र होइन उनको त्याग र बलिदानले त्रावणकोरका तल्लो जातका तमाम् नारीहरू एक मुठीमा बाँधिए । 'मुलाकरम' विरूद्ध त्रावणकोरका कुना-काप्चा विरोध प्रदर्शन हुनथाल्यो । विरोध प्रदर्शनमा अंशग्रहण गर्ने नारीहरूमा तल्लो जातका नारीहरूभन्दा पनि धेरजसो ख्रीष्टान नारीहरू पनि सामेल भएका थिए । अङ्ग्रेज र मिशनरीमा गई उनीहरूले यस्तो उरेण्ठेउलो करबारे विस्तृत नालीबेली बताउँदा अङ्ग्रेजहरूकै दबावमा त्रावणकोरले यस स्तन कर वा 'मुलाकरम' बन्द गर्ने राजा वाध्य भएका हुन् ।
केरल मात्रै होइन सम्पूर्ण भारतवर्षकै इतिहासमा लुकेको यो सत्य कथा वा घटना डेढ़ सय वर्ष जति पुरानो हो । स्तन खोलेर हिँड़्नुपर्नेहरूमा त्रावणकोरका विशेष एजवा. शेनार या शनारस, नाडारजस्तो तल्लो जातका नारीहरू सामेल थिए । यिनीहरूले आफ्ना स्तन पूरै खुल्ला राख्नपर्थ्यो । कसैले पनि यसो नगरेका खण्डमा राज्यलाई 'मुलाकरम' दिनुपर्थ्यो ।
यस्तो अपमानजनक कानून विरूद्ध केरलबाट प्रशस्तै तल्लो जातका मानिसहरू ग्वारग्वार्ती श्रीलङ्काका चिया कमानहरूतिर बसाइँ सरे । अङ्ग्रेजहरू भारत आएपछि यी तल्लो जातका मानिसहरूले आफ्नो धर्म परिवर्तन गरे । यूरोपीय प्रभावले उनीहरूमाझ जागरूकता बढे़र गयो । नारीहरूले विरोध गर्दा उनीहरूमाथि प्रशासनको पक्षबाट आक्रमण पनि भएको तथ्य पाइन्छ ।
'मुलाकरम'-को विरोध हुँदा 'मुलाकरम' लिन बन्द गरिए तापनि स्तन खुल्ला राख्ने आदेश यथावत् नै राखियो । यो अमानवीय क्रुर आदेश झण्डै एक सय पच्चीस वर्षसम्म चलिरह्यो । यहाँसम्म कि त्रावणकोरकी रानीले समेत यस कानूनलाई सही ठहराएकी थिइन् तर आफूले भने चाहिँ सर्वाङ्ग ढाकेर हिँड़्थिन् ।
नारीलाई 'अर्द्ध आकाश' भनिन्छ । तर आधुनिक समाजमा नारीको अवस्थान भनेजस्तो परिवर्तन हुन सकेको छैन । शहर-बजार, गाउँ-बस्तीमा हुने नारी उत्पीड़नले नारी 'अर्द्ध' ता टाढ़ाको कुरा उनीहरूले अद्यावधि आकाशको एक छेउ पनि राम्ररी मुठ्याउनु सकेका छैनन् । नारीलाई समाजमा हेयको दष्टिले हेरिने, तिनको अपमान गर्ने, तिनको आब्रुमाथि खिल्ली उड़ाउनेहरू विरूद्ध विरोध गर्ने आँट कसको होला र ? तर सबै नारी नारी हुँदैनन् । कति नारी यस्ता पनि देखिएा छन् जसले सान्तवादी समाज विरुद्ध विरोधको शङ्खघोष गरेर तमाम् नारी जातिमाथि भइरहेको अच्याचारलाई जरैसित उखेलेर मिल्काउने आँट गरिन् । ती आँटी नारी हुन् नाँगेली । केरलको त्रावणकोरमा राजाको निर्देश अनुसार कुनै पनि तल्लो जातका नारीहरूले आफ्नो स्तन खुल्लै राखेर अद्धनग्न अवस्थामै हिँड़्नुपर्थ्यो । कुनै पनि तल्लो जातका नारीले आफ्नो स्तन ढाकेको खण्डमा तिनले स्तन कर तिर्नुपर्थ्यो । लाजमर्दो कुरो, स्तन कर पनि स्तनको आकारमा तिर्नुपर्थ्यो । नाँगेलीलाई यो कुरो पटक्कै पचेन । आफ्ना लोग्नेसित यसबारेमा कुरा गर्दा आरम्भमा पतिले विरोध गरे पनि पछिबाट साथ दिएपछि नाँगेलीले आफ्नो स्तन छोपेर हिँड़न थालिन् । सामन्तवादीहरू स्तन कर लिन नाँगेलीकहाँ आए । स्तन कर तिर्नुको साटो स्तन करको विरोधमा नाँगेलीले आफ्नै हातले आफ्नै दुइ-दुइवटा स्तन धारिलो हतियारले काटी सामन्तीहरूका सामु राखेर अभूतपूर्व आँटिलो उदाहरण पेश गरिन् । तर ज्यादै रगत बहेकोले नाँगेलीले प्राण गुमाइन् । नाँगेलीले ज्यान गुमाए पनि उनको यो साहसिक बलिदान पछि त्रावणकोरको कुना-काप्चामा स्तन कर विरुद्ध व्यापक आन्दोलन शुरु भयो । अन्त्यमा सामन्ती व्यवस्थाले घूँड़ा टेक्न कर लागेर कुनै पनि तल्लो जातका नारीले आफ्नो स्तन ढाक्ने अनुमति दिइयो ।
आफ्नो हक, अधिकारको निम्ति हाम्रा शोषित, पीड़ित, अवहेलित नारीहरूले पनि यस्तै प्रकारको विरोध, आन्दोलन गर्न सके सफलता हासिल गर्न सकिन्छ भन्ने उद्देश्यमा यो नाटक लेखिएको छ। हाम्रा नारीहरू सबै "नाङ्गेली" हुन सक्तैनन् । नाङ्गेली नै नभए पनि नाङ्गेलीजस्तै आँट लिएर हिङ नभए पनि हिङ्को टालोमात्र भइदिए भने पनि केही फत्ते ता होला भन्ने मेरो विचार छ । जुलूसमा गगनभेदी नारा फलाँकेर मात्र हाम्रो हक, अधिकार हामीलाई प्राप्त हुनेछ भन्ने कुरामा शङ्का गर्ने ठाँवै छैन । नाङ्गेलीले आफूलाई गुमाइन् तर उनीजस्तो पीड़ित, शोषित तल्लो जातका नारीहरू आफ्नो अब्रु सुरक्षित राख्ने अधिकार पाइन् । यसर्थ केही गुमाए मात्र केही हत्याउन सकिन्छ भन्ने कुरालाई यस नाटकको मूल उद्देश्य देखिन्छ।
यति राम्रो तथा सन्देशमूलक नाट्यकृतिको निम्ति नाकककार कृष्ण प्रधानलाई साधुवादका साथै अझ उत्कृष्ट नाट्यकृति प्रदान गरुन् भन्ने निवेदन छ।




















