===============सविना श्रेष्ठ
कति प्रेमले मुटभित्र सजाएर
राखेको हुँ तिमीलाई
कति धेरै बिश्वास गरें,थे
अनि भरोसा पनि
आँखामा सजाएर सुन्दर
संसार
तिमीलाई सुपुज्य भगवान सम्झेर
मेरो मुटुको जमिनमा
मन्दिर बनाएर रोपेको हुँ उ बेला
संसारका सुन्दर फुलहरूको बगान समीप
तिनै फुलहरूको सौन्दर्य,सुगन्धको
भेटी चढाएर
बालेर पानसका पाला
धुकाएर धुपौरो
दुबै हात जोडि पुकारेकोपनी हुँ
तर तिमीत पथ्थर हौ!
मेरो पुकार काहा सुन्छौ
मेरो भरोसा के बुझ्छौ
मेरि आमा श्वास फेर्न नसकेर
छट्पटी रहदा तिम्रै अगाडि
दस औला जोडी बलिन्द्र धारा
आँसु बगाउँदा पनि तिम्रो मन पग्लेन
किनकी तिमी पथ्थर हौ!
ती शहरीया ब्वासाहरु
गाउँपसेर मेरि आमाको
छातिमाथी टेकेर
उनै आमाको चोली च्यातेर
सयौं ब्वासा हरुले करणी गरे
र बिजय जुलुस मनाई रहें
तिमीले पनि हेरिरहेयौ
बिना रोकटोक
तेति मात्र काहाहोर मेरि
आमालाई अपहरण गरेर
बेस्यालयमा बेचिरहँदापनी
तिम्रो मन पग्लिएन भने
मैले दिएको प्रेम
तिमी कसरी बुझ्छौ?
तिमी त पथ्थर न हौ
तिमीलाई प्रेम कसरी थाहाहुन्छत?
मैले देउता मानेर पुजेको!!
बिराटनगर १२




















