विराटनगरमा ‘हाम्रो समाज’द्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग
- वैशाख ३, २०८३
- १९५ पटक पढिएको
विराटनगर। नयाँ वर्ष २०८३ को अवसरमा सामाजिक संस्था ‘हाम्रो समाज’ले जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण गरेको छ। कलेज रोडस्थित आयोजित कार्यक्रममा पहिलो चरणमा ११ जना विद्यार्थीलाई सामग्री प्रदान गरिएको हो।
कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला र संस्थाका अध्यक्ष अनुप सापकोटाले सामग्री हस्तान्तरण गरेका थिए। संस्थाले आगामी चरणमा करिब ५० जना विद्यार्थीलाई सहयोग गर्ने लक्ष्य लिएको जनाएको छ। प्रत्येक विद्यार्थीलाई झोला, कपि, स्टेशनरी तथा सरसफाइ सामग्री वितरण गरिएको थियो।
संस्थाले यस्ता कार्यक्रममार्फत शिक्षा पहुँच विस्तारमा सहयोग पुर्याउने र भविष्यमा पनि सामाजिक क्षेत्रमा सक्रिय रहने जनाएको छ।




















