सशक्त युवा समाजले आयोजना गरेको हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न
- भदौ २९, २०८३
- १३० पटक पढिएको
दुहबी । सुनसरीको दुहबी–८ स्थित मातंगबाबा मन्दिर परिसरमा हरितालिका तीज–२०८३ विशेष कार्यक्रम सम्पन्न भएको छ।
सशक्त युवा समाज, दुहबी–८, सुनसरीको आयोजनामा कार्यक्रम भएको हो। कार्यक्रमको अध्यक्षता सशक्त युवा समाजका अध्यक्ष सुजन पाण्डेले गरे भने दुहबी नगरपालिका–८ का वडा अध्यक्ष तारिक चन्द सरकार प्रमुख अतिथिका रूपमा रहेका छन्। समाजसेवी शम्भु केसी विशिष्ट अतिथिका रूपमा सहभागी भए।
सशक्त युवा समाजले विगत दुई वर्षदेखि सामाजिक, सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थालाई थप व्यवस्थित र संगठित बनाउँदै सामाजिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले तीज विशेष कार्यक्रको आयोजना गरेको हो।
कार्यक्रममा विभिन्न अतिथि तथा सहभागीहरूको स्वागत तथा सम्मान गरिनुका साथै हरितालिका तीज पर्वको अवसरमा सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिएको जानकारी दिए ।
कार्यक्रममा अतिथि गायिका गंगा गौतमले आफ्नो गीत गाएर उपस्तिथ दर्शकलाई मनोरञ्जन दिदै नचाएकी थिइन् ।




















