IMG-20241119-WA0006(1)

सिलगढी।कृष्ण प्रधानले “सिलगढ़ीमा नेपाली नाटक मञ्चनकको छियासट्ठीऔं वर्षको उपलक्षमा भारतका प्रख्यात नाटककार कृष्ण प्रधानको नाट्य अभिलेख दोस्रो संस्करणमा आउने सूचना सार्वजनिक भएको छ।


सिलिगुड़ी तथा यसका वरिपरिका भेकका

तमाम् रङ्गकर्मीहरूप्रति सूचनार्थ निवेदन

सिलगढ़ीमा नेपाली नाटक 

मञ्चनको छियासट्ठीऔं वर्ष”

[१९४९-२०१५] 

को दोस्रो संस्करण

“सिलगढ़ीमा नेपाली नाटक 

मञ्चनको पचहत्तरौं वर्ष”

[१९४९-२०२३] 

नाममा प्रकाशित हुनेछ।संशोधित र परिवर्तित संस्करण

 

पहिलो संस्करणमा मञ्चित तथा लिखित नाटकको नाम, नाटककार, निर्देशक, सङ्गीतकार तथा रङ्गकर्मीहरूको नाम मात्र राखिएको थियो। तर सिलिगुड़ीका मेरा अग्रज बङ्गाली रङ्गकर्मी बन्थुहरूले लक्खटक्कै नाम मात्र होइन अब रङगमञ्चसित सम्बन्धित सबैको नाम र तिनका नाटकप्रतिको योगदानलाई अभिलेखकै रुपमा तयार पार्ने मिठाइलो सुझाव दिएकाले उनीहरूको सुझाव विनम्रसह स्वीकार गरी दोस्रो संस्करण (संशोधित एवम् परिवर्द्धित) प्रकाशित गर्ने आँट गरेको हुँ।


यसकारण, सम्बन्धित सबै सिलिगुड़ी र यसका वरपर भेकका तमाम रङ्गकर्मीहरूले नाटकमा पुऱ्याएका योगदानबारे दस वाक्यमा टिपोट मेरो वाट्सएप (82507 89919)मा टाइप गरी पठाइदिनुहुने

सविनय आग्रह गर्दछु।


रङ्गमञ्च सम्बन्धित सम्पूर्ण रङ्गकर्मीलाई यो सूचना निवेदनबारे जानकारी गराइदिने  आग्रह समेत गरेका  छन् ।