-बिरेन कार्की                                        


दिशाहीन यात्रा मा एक्लो म 


आफ्नो गर्व धारण गरेर 

नौ महिना सम्म आफ्नै पेट झुन्द्याउदै 

आफैले आफैलाई जन्माउनु पर्ने 

आफ्नो न्वारन आफैले गर्नु पर्ने


आफनो बिहेको जन्तीमा आफै जन्ती हुनु पर्ने

आफै नाच्नु पर्ने आफै बाजा बजाउदै हिड्नु पर्ने

आफै  बेहुला भएर हात थाप्नु पर्ने

आफै बेहुली भएर रुनु पर्ने 


आफै मर्नु पर्ने 

आफ्नै शब् आफैले बोक्नु पर्ने

बाध्यताको यो जीबन भनिने भारी

खै किन्न हो बिसाउने चोकै नभाको 

मानवहिन  बस्ति को बटुवा भए म


आफै संख फुक्नु पर्ने, आफै टिलो फ्याक्नु पर्ने 

आफै ले हो चिहान खन्नु पर्ने 

थुईक्क साला हुदा हुदा

आफ्नै शबको दाग बत्ति आफै बाल्नु पर्ने


आफ्नो टाउको खौरेर आफै किरिया बार्नु पर्ने

सायद आफ्नो श्राद्द आफै गर्नु पर्ने 

आफ्नो भुत आफै बन्नु पर्ने

आफ्नै घर मा आफैले आफैलाई तर्साउनु पर्ने


हो म मरेका मान्छेहरुको बस्तिमा 

जिउदा मान्छेको चिहान खन्छु

 

म 

राम्रो  म

                  (न्यू दिल्ली )