कविता -:सफलतामा आमा

================सविना राजभण्डारी 

                                         इटहरी २०

बिहानीको गर्भे घाम संगै

मलाई गर्भमा बोकेर 

ओराली उकाली गर्थ्यौ आमा

पाखा पखेरा चाहार्दै दु:खको 

प्रवाह नगरी जन्म दियौं आमा

एक प्राण फालेर 

हुर्कायौँ खाएर नखाएर

 पानीको गाग्रो माथी बोकि

हिड्यौ होला ढड्केको श्वास रोकि

मेरा दुखेको खुट्टामा तेल लगाएर

दस धारा पसिना खोलो बगाएर

मेरा हर दुखमा तिमी 

मेरा हर खुसीमा तिमी 

भुटेको मकै पोल्टामा च्यापेर

कति पीडाको भारी बोकेर तिमीले

घाँस दाउरा माथी मलाई राखेर

हुर्कायौं आमा देविदेउँता भाकेर

मैले पाको खुसीमा म कसरी

बयान गरुँ?तिम्रो 

बाबाले छाडिगएपनी विचलित नभइ

साहस बोकेर पढायौँ आमा

समाजको हेला सहेर तिमीले

मुल खम्बा जस्तै  भएर तिमीले

आँसुका धाराले अनुहार धोएर

हाँसो दियौं मलाई आफू रोएर

मेरो खुसीमा तिमी छौं आमा

मेरो सफलतामा तिमी छौँ आमा।।।।