लघुकथा:श्रृङ्गार 

===========

सरल स्वाभकि डुमिसा सानैदेखी  पढाईमा निकै रुचि राख्थिन।

गरिब परिवारमा जन्मेकी  हुँदा 

 साथिहरुले पनि हेप्ने गर्थे र स्कुलमापनि शिक्षकहरुले वास्तानै गर्दैनथे।

गाउँको परिभेष अनुसार  उनका बाले सानै उमेरमा बिहे गरिदिए।  त्यतिबेला उनको उमेर मात्रै १५ वर्ष  थियो।  

सानै उमेर गरिबिको चपेटामा परेरपनि बिहेपछिपनि धेरै सपना बुन्नभने छाडिनन् ।  


सदा  रातो शृङ्गार मा सजिएर बस्ने रहर थियो तर उनलाई श्रीमानले कहिलेपनी केहिकिनेर ल्याईदिदैनथे । कहिले गुनासो भने नगर्ने उनको बानी थियो।

त्यतिनै बेला छोरीको जन्म भयो ।  दुख सुख सबै झेल्दै आएपनि  नोकरी गरेको पैसा बचाएर  घर बनाईन्  । दुखै दुखको लहरामा जेलिएर भएपनि समाजमा चिनिदै गइन् ।  प्रगतिको पाइलामा साथ दिने मान्छेहरू पनि भेटिदै गए।

पत्रपत्रीका पढ्नु, बेला बेलामा आफै पनि लेख्नु, कार्यक्रममा भाग लिनु आदि 

कुरा उनको अनपढ श्रीमानलाई भने पटक्कै मनपरेको थिएन। 

कहिलेकांही त झगडा पनि पर्दथ्यो आत्महत्या गर्ने सोच बनाउँथिन तर छोरीको मुहार सामुन्ने आउथ्यो। चाड्बाड आउँछ । माइत जाने बेला होस् या मठमन्दिर  जाने बेलामा होस् उनी साधारण पहिरन र फाटेको चप्पलमै जान्थीन्  । यो देखेर  छोरिले सोधिन् - 'आमा सबै जना रातो पहिरनमा सजिन्छन्  हजुरले चाँही किन फाटेकोमात्र लगाउँनुहुन्छ? राम्रो साडी किन नलगाएको ?          उनले भनिन् , 'जुन पुरुष बाट माया भन्ने शब्द  शब्दकोष मै  छैन त्यो महिलाले के राम्रो झिल्लिक्क लगाउनु ?"         छोरिले बुरुक्क उफृदैँ सोधिन आमा हजुरको यो शब्द बुझ्न अब म कुन स्कुल जानू? ।


सविना श्रेष्ठ 

बिराटनगर १२