कविता : धुवाँ
------
माटो रोएको बेला
मलाई
मेरो आँसुको मूल्य नसोध
शहीद
रोएको रात
क्रान्तिको चिरागबाट
प्रकाशको बदलामा
युगको आकाश छोप्ने
कालो धुवाँमात्र पुत्पुताउछ।
फूलको कोमल क्रान्ति
रगतको
आहालमा डुबेर
छट्पटाएको दृश्य हेर्न
युगको दर्शकदिर्घामा
लामबद्द छन् दर्शकहरू।
⭕️
बाबुराम न्यौपाने "उत्स"
दमक, झापा




















