हामी घर जान्छौ मालिक। दसैं पनि नजिक नजिक आउँदैछ । हाम्रो हिसाब गरिदिनुस्।" हरिया र कन्हैयाले जमिन्दार हिरालाललाई भनेँ। मालिकले जवाफ फर्काए । "हुन्छ,भोलि तिमीहरूको हिसाब गरी दिन्छु ।"
भोलिपल्ट हटिया गएर साँझमा एक एक वटा गम्छा दिँदै यही हो तिमीहरूको हिसाब मालिकले भन्दा यी दुवैका आँखाबाट खुनका आँसु बर्षिए।अक्क न बक्क भए। केही बोल्न सकेनन्। उनीहरू जमिनदार हिरालालकोमा हलीको काम गर्थेँ। अर्थात हलो जोतनीको काम गर्थेँ। महिनाबारी तलब पाउने सहमति थियो।तर मालिकले उनीहरूको तलब नदिएको दुई वर्ष भईसकेको थियो। दिन्छु दिन्छु भन्दै काममा लगाएको।रातभर दुबैले सल्लाह विचार गरे।अब के गर्ने कसरी हामीले दुई वर्षको मेहनतको पैसा लिने होला। हाम्रो तलबको पैसा पचाउने विचारमा रहेछ हाम्रो मालिक।
भोलिपल्ट दुबै जनाले मालिकको घरको दुईटा खुकुरी धार लगाएर ल्याए।राती बार बजेपछि मालिक सुत्ने टाँडे घरको माथिल्लो तल्लामा फटाफट गएर घाटीमा खुकुरी तेर्साउँदै, "के अरे, हाम्रो दुई वर्षको हिसाब एक एक वटा गम्छा"आज तँलाई जिउँदो छोड्दैनौ भनेर काट्न ठिक परेको देखि जमिन्दारको पत्नी त्यहीबेला टुप्लुक्क त्यही आइपुगिन्। र, मालिकलाई न काट म तिमीहरूको हिसाब गरिदिन्छु भन्दै दुबैको हिसाब गरी पैसा दिइन्।
यी दुबै हलीले पनि आ- आफ्नाे हिसाब बमोजिमको पैसा लिए।दापमा खुकुरी हाले।र टाँडमाथिबाट फानेर भागे। त्यसपछि पत्नीले हिरालाललाई भनिन् आजकलको युगमा पनि सामन्ती सोच राख्नु हुँदैन।जस्तालाई त्यस्तै ढिडालाई निस्तै भनेको यही हो बुढा।
भूपाल अधिकारी
विराटनगर ।




















