मदले छोपिएको ताज के गरूँ?
मूर्खको सिंहासन—साज के गरूँ?
जहाँ न होश, न हो ज्ञान,
त्यो त अन्धकारको मात्रै अभियान।
रङ्गीचङ्गी पोशाकले के भइन्छ?
भित्र शून्य, सोच्न नसक्ने – उस्तै रहिन्छ।
सत्ताले ढाक्छ क्षणिक दोष,
तर सत्य बुझ्दैन अज्ञानको जोश।
भन्नैपर्छ—सत्य यही ठानेँ,
मूर्खको राजा हुनुभन्दा, ज्ञानीको नोकर म ठानेँ।
जहाँ बुद्धिको जल सधैं बग्दछ,
त्यहीँ जीवन उज्यालो बनिदिन्छ।
नोकर भए पनि यदि गुरु हो मालिक,
त्यसको एक वचन– बनोस् मेरै सार्थक लाठिक।
विवेक, नीति, धर्म र सीप,
त्यसकै चरणमा भेटिन्छ जीवनको दीप।
राजा भएर पनि छुट्दैन कहर,
जब मूर्खता लिन्छ सिंहासनको रहर।
ज्ञानीको पछि लाग्दा फक्रन्छ उज्यालो,
मूर्खताको राज्य– सधैं रहन्छ कालो।
तिलक ढकाल
झापा , नेपाल ।




















