जता हेर्यो
जहिले हेर्यो
जस्ताको त्यस्तै
प्रगति कहिल्यै छैन
देश सधैँ मिचिएको छ
दबिएको छ
कसैले खबरदारी नगर्दा
देश भित्रकै
देश चलाउने नै
चोर
अनि फटाहा भए
आफ्नै देशको
भोटो
चोलो
बेचेर खाँदै
अनि जताततै फर्फराएका
च्यात्तिएको झण्डामुनि
हामी जनता
देशको परिवेश बिग्रिँदा
आर्थिक सङ्कटले
हरेक घरहरू बिग्रिए
आजको यो
परिस्थितिले
कैँयौं युवा त जन्मिए
तर आवाज सुनिदिने
कोही नहुँदा
आज सयौँ
मेरा देशका युवा
अस्पतालको बेडमा
छट्पटीका
रात काटिरहेका छन्
अनि मेरो देश
पुकारी रहेको छ
सुन्ने फुर्सदमा
कोही देखिँदैनन्
आफ्नै देशको लागि
गोली खाने म
मरो छट्पटीमा
कसैको मन दुख्दैन
अब भो मलाई चाहिन्न त्यो देश!!
सञ्जना शर्मा लमही दाङ




















