उनान्चास वर्ष सम्म रमाएर वाँचे
हात हात समाएर कम्मर मर्काई नाँचे ।
आज एक्लाे बनाएर छाेडी गयाै पर
सम्झना र कल्पनामा चलेकाे छ घर ।।
मनका कुरा बुझि तिमी ईच्छा पूरा गर्ने
वर्साैं वर्ष थियाै भर एक्लाे छु के गर्ने ।
विवाह उत्सव पचासाैँमा पशुपति जाने
आफन्त र परिवार भै उत्सव मनाउँने।।
सपना थियाे हामी दुईकाे उस्ले रुचाएन
तिमीलाई लग्याे पैल्यै दया गरेन ।
आज एक्लै दु:खमा छु सम्झिएर पैले
मनाएका उत्सवहरू खुसिहुँदै अैले ।।
तिमी जहाँ भएपनि रमाएरै बस
मता यतै भाैतारिन्छु हुन्छ खस खस ।
फाल्गुणकाे चाैवीस त जीवन रहेसम्म
सम्झना रहन्छ नै मिलनकाे त्याे क्षण ।।
कार्तिककाे उन्नइस त त्याे रुवाउने दिन
फाल्गुनकाे चाैविस त्याे मिलनकाे छिन ।
ईच्छा थियाै पचासाैंमा खुवै रमाऊने
अपुर्ण त्याे ईच्छालाई सम्झिएर बस्ने ।।
- हरिभक्त सिग्देल ' महेश '




















