शारदा कार्की

              विराटनगर १२

              २०८१

                 पितृ पक्ष

बर्षौँहाेस् कतिनै भुलौँम कसरी माया सजाई रह्यौ

आत्मा दाेहनभाे परेँ अलमली   छोडेर टाढा गयौ

गन्दैथेँ दिन रात यो बखतमा  बित्तै गएका  दिन

देही रत्न   बनेर   अन्त  रङमा आशा हुने पावन


हाेला मुक्त परन्तु सन्तति भए भू स्वर्ग या  स्वर्गमा

घुम्ला वायु बनेर आत्म जसकाे पौत्रादिका लाेकमा

पस्ला माेह  बनेर नै  शरदमा  याे   पक्ष श्रद्धा  बनी

आशा  गर्छ विदेह तर्पण कृया गर्ला कि छोरो भनि


आफ्नै दौलतमा हराइ रहने सन्तान हाेलान् कति

श्रद्धा या ममता नराखि  मनमा आफैँ रमाए कति

अर्चा पिण्ड उठाइ श्राद्ध विधिले हाे माेक्षका खातिर

आस्था धेय नभै दुशासन  भए लाग्ने भयाे यै पिर


गर्ने  के र मरे गए सब अरू   बाँच्नू बढाे कष्ट छ

गर्लान् कर्म समाउने सपुतले   सत्भावहाे प्रष्ट छ

केहाेला गति तिक्तभाे मन यता आदर्शका रत्नकाे

कान्ता रश्मि उडाइ ज्यूनु कसरी खैहौ कता यत्न भाे


आशा आस्थिकमा रहन्छ गतिलाे छाेड्दैन आफ्नाे रित

गर्ला कर्म बुझेर   आदर   मुखी चुक्तैन  कोही   सित

बस्लात्याे सुख भोगको रमितमा सार्दैन त्यस्ले तृण

आफैँमा गतिला विवेकि मनले भुल्दैन पैतृक् ऋण