‘
सप्तरी। वैशाख ४ — बुढ्यौली साहित्य समाज सप्तरीको आयोजनामा रूपनगर कञ्चनपुरमा कवि मेघराज पौड्यालको ‘जीवनका उकाली ओराली’ (शोककाव्य/खण्डकाव्य) लोकार्पण भएको छ।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथिहरूमा दिवाकर देवकोटा, विश्वराज खतिवडा, रोहिणी रसिक, टीका पोखरेल, उद्धवप्रसाद पौडेल, वेनुपराज पौडेल, रमेशचन्द्र अधिकारी र तीर्थराज पोखरेलको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि पोखरेलले उक्त कृति सामाजिक यथार्थताको धरातलमा आधारित रही लेखकका अनुभूतिहरू समेटेर तयार गरिएको बताए।
कार्यक्रमकै अवसरमा चन्द्रकुमारी कटुवाल, विमला नेपाल, नन्दराज पोखरेललगायत ११ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।




















