इनरुवा । सृजनामा इनरुवाको नियमित रचनावाचन कार्यक्रमको ४८औँ शृङ्खला २०८३ वैशाख ५ गते शनिवार इनरुवा–४ स्थित सुनसरी पुल नजिक रहेको कविर जीवन ज्योति मठको भवनमा सम्पन्न भएको छ।
कार्यक्रममा लिलानाथ सिलवालको सभापतित्व तथा मिरा पोखरेलको प्रमुख आतिथ्य रहेको थियो। त्यसैगरी डमरू वल्लभ भण्डारी, केशव रिजाल, राधा सुवेदी, यशोदा आचार्य, रमेन्द्र कोइराला लगायतका साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा कविता, गजल, मुक्तक, गीत, दोहा तथा लघुकथाहरू वाचन गरिएको थियो। विशेष आकर्षणका रूपमा प्रसन्न आचार्यले बाँसुरी वादन प्रस्तुत गरेका थिए। प्रकाश अनुरागले हार्मोनियमसहित गायन गरेका थिए। रमेन्द्र कोइराला र केशव रिजालले लघुकथा वाचन गरेका थिए।
यस अवसरमा केशव रिजाल सृजनामा इनरुवाको आजीवन सदस्य बनेका छन् भने प्रमुख अतिथि मिरा पोखरेलले पुरस्कार कोषमा ११ हजार रुपैयाँ थप गर्ने घोषणा गरेकी छन्।
कार्यक्रमको सञ्चालन सचिव रमेन्द्र कोइरालाले गरेका थिए।




















