विष्णुदीप सङ्कल्प

भक्तपुर 

मुक्तक 


म  एउटा  कुरा भन्छु  सुन तिमी

सुन र म मा  के चुन्छौ चुन तिमी

माया गर्छु भन्नु मेरो गल्ती  नै भए

सजाए भो तिम्रो दिलमा थुन तिमी  

सवाल पठाएँ  जवाफ आएन तेताबाट

आस  भएन कालो गएर पनि सेताबाट

बाउको घरमा छोराले रङ लाउन नसके

के गरोस बरा छोराले बाउको जेथाबाट

कोही टाढा त कोही  नजिक आएर फेरि

माया लाउछन्अनेक आस देखाएर फेरि

झट्ट  विश्वास  गर्दै नगर्नुस् कसैलाई पनि

हिड्छन् तिनै चोखो माया लत्याएर फेरि

भएको नै छैन बिहान रात अझै  बाँकी छ

सुनाऊँ भने सुन्ने छैनन घात अझै बाँकी छ

एउटा कुरा भनूँ भनू  लागिराछ सुन्छौ भने

हराएको छैन त्यो रातको मात अझै बाँकी छ