विष्णुदीप सङ्कल्प
भक्तपुर
मुक्तक
१
म एउटा कुरा भन्छु सुन तिमी
सुन र म मा के चुन्छौ चुन तिमी
माया गर्छु भन्नु मेरो गल्ती नै भए
सजाए भो तिम्रो दिलमा थुन तिमी
२
सवाल पठाएँ जवाफ आएन तेताबाट
आस भएन कालो गएर पनि सेताबाट
बाउको घरमा छोराले रङ लाउन नसके
के गरोस बरा छोराले बाउको जेथाबाट
३
कोही टाढा त कोही नजिक आएर फेरि
माया लाउछन्अनेक आस देखाएर फेरि
झट्ट विश्वास गर्दै नगर्नुस् कसैलाई पनि
हिड्छन् तिनै चोखो माया लत्याएर फेरि
४
भएको नै छैन बिहान रात अझै बाँकी छ
सुनाऊँ भने सुन्ने छैनन घात अझै बाँकी छ
एउटा कुरा भनूँ भनू लागिराछ सुन्छौ भने
हराएको छैन त्यो रातको मात अझै बाँकी छ




















