- मीना श्रेष्ठ
झोराहाट। गुरुप्रसाद मैनालीद्वारा लिखित कर्तव्य उपन्यास नाटकमा रुपान्तरण गरि मञ्चन गरिदैं आएको छ । मोरङको झोराहाट नाटकघरमा गत भदौ ४ गतेदेसिख कर्तव्य नाटक मञ्चन हुदैं आएको छ ।
यस अघि गौरादहस्थित दशमी पार्टी प्यालेसमा २१ पटक मञ्चन भइ सकेको छ । हाल झोराहाट ५०औं पटक गरि ७१औं मञ्चन भैसकेको आयोजकले जनाएको छ। कथालाई नाटक रुपान्तरण दिपक सुवेदीले गरेका छन् । निर्देशन भरत गुरागाइँ बर्बरिकको रहेको छ । कलाकारहरुको चर्को मेहनेत रहेको यो नाटक भने १०० पटक मञ्चन गर्ने तयारी रहेको निर्देशक गुरागाई बताउछन् ।
गुरागाइँका भनाई अनुसार अन्तर्राष्ट्रियसमेत माग आएकोछ । अब इटहरी, भारतको सिलिगुडीसम्म मञ्चनका लागि लाने तयारी गरिएको छ । मैनालीको कतव्र्य कथामा मुख्य पात्र श्रीधर र मुरलीधर रहेका छन् । सामाजिक यथार्थवादी प्रवृतिको कर्तव्य कथामा सामाजिक विषयवस्तु, घटना, चरित्र र परिवेशका साथै भाषाको प्रयोगबाट विभिन्न सामाजिक–सांस्कृतिक सन्दर्भको निर्देश गरिएको हुनाले कथाको पारिस्थितिक सन्दर्भमा अर्थपूर्ण बनेको छ । यही विषयबस्तुलाई सुन्दर तरिकाले कलाकारहरुले नाटकमा प्रस्तुत गरेका छन् ।




















