बिराटनगर । भाद्र शुक्ल तृतीयका दिन मनाइने हरितालिका (तिज) पर्व आज शिवालयमा जल चढाएर शिवपारवतीको पूजा आराधना गरेर व्रत बसी भजन कृतनगरि बस्ने चलन छ।
श्रीमहादेवको व्रत बस्दा श्रीमानको आयु लम्बिने र घरपरिवारमा सुखशान्ती मिल्ने जनबिश्वास छ।
निराहार जलाहार र फलाहार गरि तीन किसिमको व्रत बस्न मिल्ने भएता पनि कतिपय आमाहरुले निराहार नै व्रत बस्नेकुरा पृती कोइरालाले बताएकी छन् ।
फलफूल त खाएर बस्न मिल्छ नि ? भन्ने प्रश्नमा उनले आफ्नो आफ्नो बिचार हो जसरी सहज हुन्छ त्यसरी बस्न सकिन्छ।
'परम्परा देखि चलिआएको रिति र सस्कृती हो हामीले जोगाउनुपर्छ तर अचेल एकमहिना देखिनै तीजको दरखाने चलनले समाज बिगारेको छ ।'- उनले भनिन ।




















