विराटनगर  / विराटनगर महानगर पालिका १ मा रहेको जेष्ठ नागरिक हलमा विराट मैथिली कला परिषदको साधारण सभाका साथै बहुभाषिक नियमित मासिक काव्य गोष्ठी गर्दै आएको छ।

उक्त कार्यक्रमका अध्यक्ष भने कर्ण सञ्जय रहेका थिए । महिनाको तेस्रो शनिबार ठिक २ बजेबाट सुरुहुने गोष्ठीमा विभिन्न विधाका रचनाहरू वाचन गरिएको थियो । 

प्रमुख अतिथि शिवनारायण सिंगल, अतिथि नेपाली तथा मैथिली कवि अनुवादक प्रवीण  नारायण चौधरी, मैथिली एसोसियन नेपालका अध्यक्ष मैथिली अभियन्ता मुक्तक प्रतिष्ठानका शाखा अध्यक्ष बाबुराम पोखरेल,   झोराहाट नाटक घरका अध्यक्ष भरत गुरागाइँ बर्बरिक, डा. एस. एन. झा प्रभुनारायण चौधरीलगायतकाे उपस्थिति रहेको थियो।

कार्यक्रमकाे सञ्चालन शान्ता कर्णले गरेका थिए । अतिथि प्रभुनारायण चौधरीले शुभकामना दिँदै मन्तव्यमा आफ्नो भाषाको जगेर्ना गर्नुपर्ने र स्कुलहररूको पाठ्यक्रममा पनि मैथिली भाषा पढाई हुनुपर्ने बताए ।