विराटनगर। १०स्थित श्रीसंसारी माईस्थानमा भागवत मञ्जरी राधिका दासी बाट हुने भएको छ।विराटनगरमा ७ दिनसम्म कथा वाचन गर्ने श्रीसंसारी माईस्थान संरक्षण समितिले विराटनगरवासीलाई राधिका दासीको कथा सुन्ने अवसर प्रदान गरिदिने भएकी छन् ।
श्रीसंसारी माईस्थान संरक्षण समितिले कात्तिक २३ गते शुक्रबारदेखि २९ गते बिहीबारसम्म विराटनगर–१० स्थित श्रीसंसारी माईस्थान मन्दिरको परिसर भित्र राधिका दासीको कथा वाचनको स्थान र समय तालिका सार्वजनिक गरेको छ।
श्रीसंसारी माईस्थान संरक्षण समिति मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा राधिका दासीले भागवत वाचन गर्ने जानकारी गराएका छन ।भने भागवत मन्जरी राधिका दासले ७ दिनसम्म भागवतको कथा वाचन गरे वापत नगद १० लाख रुपैयाँ दक्षिण पाउने छिन् । आयोजकले राधिका दासीलाई विराटनगर–९, ठाकुरवाडी रोड स्थित रामजानकी सेवा सदनमा बसोवासको व्यवस्थापन मिलाएको हो।
श्रीसंसारी माईस्थान संरक्षण समितिका अध्यक्ष कृष्णकुमार मास्केले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने जानकारी दिएका हुन् । श्रीसंसारी माईस्थान मन्दिरको गुरु योजना अनुसार संरचनाको पुनः निर्माणका लागि एवं समस्त नेपालीको कल्याण तथा विश्व शान्तिको कामना सहित श्रीमद्भागवत सप्ताह ज्ञान आयोजना गर्न लागेको बताए ।
भागवत मञ्जरी राधिका दासिको कथा वाचन हुनुभन्दा अगाडि कात्तिक २३ गते शुक्रबार विराटनगरमा निकालिने कलश यात्रामा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौंला कार्कीको सहभागिता रहने छ ।




















