विराटनगर,१० स्थित संसारी माईस्थानमा शुक्रबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । अन्तर्राष्ट्रिय कथावाचिका भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत महायज्ञको कथा वाचन गर्ने भएकी छन्  ।  श्री संसारी माइस्थान संरक्षण समितिले सप्ताहव्यापी ज्ञान भागवत महायज्ञको आयोजना गरेका हो।

श्री संसारी माइस्थान परिसर भित्र श्रीमद्भागवत महायज्ञ भइरहेको छ । कात्तिक २३ गते शुक्रबारदेखि सुरु भएको श्रीमद्भागवत महायज्ञ २९ गते बिहीबार सम्पन्न हुनेछ । ७ दिनसम्म राधिका दासीले श्रीमद्भागवत महायज्ञको कथा वाचन गर्ने छिन् ।

शुक्रबार श्रीमद्भागवत महायज्ञको कथा वाचन सुरु हुनु अघि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको अगुवाइमा कलश यात्रा निकालिएको थियो । जुन कलश यात्रामा कथावाचिका राधिका दासीको सहभागिता रहेको थियो। भने नेपाली कांग्रेसका नेता एवं संघिय सांसद डा. शेखर कोइरालाले श्रीमद्भागवत महायज्ञको उद्‌घाटन गरेका थिए ।