विराटनगर । पछिल्लो केही दिनयता चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेका हुन् ।
शिशुदेखि ६० वर्षसम्मका वृद्धवृद्धामा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत रोगको सङ्क्रमण देखिएको छ। अहिले दैनिक जसो रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या भएका बिरामी बढीमात्रमा आउने गरेका छन्।कोशी अस्पतालका ईमर्जेन्सीका कर्मचारी लक्षमण मझिले बताएका छन्।




















