विराटनगर ,पुष२०८१/९/६गत्ते महेन्द्र मोरङ क्याम्पस र नविल बैंकको सहकार्यमा सञ्चालित ‘नविल सामाजिक उद्यमशिलता ‘नबिल एसएसई’ तीन महिने प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
नबिल एसएसई अन्तर्गतको पाँचौ समूहको प्रशिक्षण सम्पन्न भएको छ । सो समापन सँगसँगै छैटौं समूहको प्रशिक्षणको उद्घाटन गरिएको हो ।
युवाहरुलाई नविल बैंकले सामाजिक उद्यमशिलताको क्षेत्रमा अगाडि वढाउने उद्देश्यले सञ्चालित सो तालिममा सहभागी पच्चिस प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरी पाँचौ चरणको तालिम समापन गरिएको छ ।शनिवार नै छैटौ चरण अन्तर्गतको २५ प्रशिक्षार्थीको सहभागितामा तालिम उद्घाटन गरिएको नविल एसससई कोशी प्रदेश संयोजक वेदप्रसाद संग्रौलाले वताए ।
कार्यक्रममा वोल्दै साना तथा घरेलु उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले दैनिक दुई हजार बढीको संख्यामा युवाहरु विदेश पलायन भैरहेका छन्।सोही अवस्थामा बैंकले उद्यमशिलताको तालिम सञ्चालन गरि सराहनीय भएको वताए ।महेन्द्र मोरङ क्याम्पसका प्रमुख डा रामावतार शरणले तालिममा सहभागीहरुलाई आफूले सिकेको ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न अनुरोध समेत गरेको थिए।
नविल बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठले सातै प्रदेशमा सो तालिम सञ्चालन भैरहेको कुरा जानकारी दिए।
सहभागीहरुको तर्फवाट पिञ्च डेकमा क्षितिज गजुरेल, विजयकुमार चौधरी, उदयप्रसाद गुप्ता र अभिषेक श्रेष्ठले भाग लिएका थिए।भने त्यसलाई डा चन्द्र तिम्सिना, विनयबिष्णु केसी, किशोर कार्की र ज्योति कोठारीले टिप्पणी गरेका थिए ।



















