विराटनगर,कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकार महासंघलाई ओझ बढाउने गरी काम गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सम्मान तथा पदस्थापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले मुलुकको लोकतन्त्र, शासन व्यवस्था र सुशासनको पक्षमा पत्रकारहरु बुलन्द भएर लाग्नु पर्ने बताएका हुन्। 

पछिल्लो समयमा नकरात्मकतालाई मात्रै प्राथमिकता दिएर अघि बढ्ने प्रवृत्ति हाबी हुँदै गएको बताउँदै नकरात्मक कामलाई निरुत्साहन गर्नुपर्ने उल्लेख गरे । भने आगामी प्रदेश सभाको  अधिवेशनमा सञ्चार विधेयक पेश गर्ने जानकारी दिँदै पत्रकारहरुसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताए । कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले समाजमा निराशा उत्पन्न गराएर मुलुकलाई भड्खालोमा हाल्ने प्रवृत्तिका विरुद्ध पत्रकारहरु उभिनु पर्ने बताए। 

निवर्तमान अध्यक्ष लीलावल्भव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्रदेश समितिलाई महत्वपूर्ण सहयोग गर्ने पूर्वमन्त्रीहरु उपेन्द्र घिमिरे, समशेर राई र विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली, न्यरो अस्पताका अध्यक्ष विष्टलगायतलाई सम्मान गरिएको थियो । सहभागीहरुलाई निवर्तमान सचिव देवेन्द्र कार्कीले स्वागत मन्तव्य राख्दै   ३ बर्षे कार्यकालमा भए गरेका कामबारे स्वागतका क्रममा कार्कीले अवगत गराएका थिए । भने आफुहरुले थालेको काम पुरा गर्न नयाँ कार्यसमितिलाई अध्यक्ष घिमिरेले आग्रह गर्दै  दोश्रो चरणमा निर्वाचन समितिले पदहस्तान्तरण कार्यक्रम गरेको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भरत खड्कालाई अध्यक्ष लीलावल्भव घिमिरे र महासचिव विवेक गौतमले हरहिसाव र खाता हस्तान्तरण गरेका थिए।  कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेशका पूर्वअध्यक्ष विक्रम लुइटेल, मोरङकी अध्यक्ष सुशिला पाठक, समाजवादी प्रेस संगठनका कोशी प्रदेश अध्यक्ष बन्धु पोखरेल, प्रेस सेन्टरका प्रदेश अध्यक्ष विनोद घिमिरे, प्रेस युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित, निर्वतमान अध्यक्ष लीलावल्लभ घिमिरे, निवर्तमान महासचिव विवेक गौतम, निर्वाचन समितिका संयोजक यज्ञ शर्मालगायतको मन्तव्य रहेको थियो।