बिराटनगर

बिराटनगर महानगरपालिका वार्ड  न ३र४को उत्तर सिमा नजिक रहेको पहडगछमा लाग्ने साप्ताहिक हाटबजारको अब्यास्थाले  सडक जाम हुने गरेको छ । बजारको कारण जोगवनी  धरान मुख्य सडकमा समेत दुर्घटना  जोखिम बढेको छ । मुख्य सडकको आधा भाग ब्यावसायिक प्रयोजनमा ओगटिएको हुन्छ। महानगरपालिकाबाट  कर उठाउने र बजारको भोली पल्ट सफाई गर्ने बाहेक कुनै जिम्मेवारी निर्वाह गरेको देखिँदैन । अझ सार्वजनिक  सौचालय र पिउने पानी समेत ब्यावस्था नहुँदा  स्थानिय क्षेत्रमा जताततै फोहोर हुने गरेको गुनासो स्थानियहरूको छ । स्थानिय टोल बिकाश संस्थाका  अध्यक्ष  राजु तवदारले  भने एक पटक नगर र वार्डलाई सम्झाउने योजना छ । यदी यस्तैअब्यावस्था भए बजार नै यस क्षेत्रबाट हटाउने   सल्लाहा गरिरहेका छौ। वार्ड  न ४का वार्ड  अध्यक्ष  जितेन थापाले  भने नगरले कर उठाएर बजार लगाएको छ एक पटक ब्यास्थापनको लागि पहल गर्न प्रयत्‍न  गर्ने छु। हरेक बुधबार र शुक्रबार बजार लाग्ने उक्त क्षेत्रमा सडकमा दमकल र एम्बुलेन्स  समेत चल्न कठीन हुनेगरी  ब्यापारिक दोकान लाग्ने गर्दछ । महानगर प्रवेश द्वारको आकर्षण  क्षेत्रमा  बजार लागेको दिन लज्जित  अब्याबस्थित  देखेर पनि महानगर  मौन देखिन्छ। 

सबिना