भैरहवामा,माघ १० देखि स्याटलाइटमा आधारित आरएनपी–एआर प्रणालीबाट जहाज अवतरण गर्ने भएको छ।
जहाज अवतरणका लागि २२ सय मिटर न्यूनतम भिजिबिलिटी हुनुपर्ने नियम अब ९ सय मिटरमा झरेको छ।
काठमाडौँ, लुम्बिनी जहाजलाई अवतरणमा सुरक्षित बनाउन भूसतहबाट मार्गनिर्देश गर्ने रेडियो नेभिगेसन प्रणाली (आईएलएस) सञ्चालनमा भारतको अवरोध कायमै रहेपछि भैरहवामा यो प्रणालीभन्दा उन्नत मानिने भूउपग्रहमा आधारित आरएनपी एआर प्रणाली लागू हुने भएको हो ।
हिउँदयामका तीन महिना (मंसिर/पुस/माघ) मा हुस्सु/तुवाँलोका कारण भिजिबिलिटी घट्ने समस्याले अन्तर्राष्ट्रिय उडान स्थगन हुने समस्या तीन वर्षयता तारन्तर देखिएपछि नेपालले भारतलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक तहदेखि प्रधानमन्त्री तहबाट समेत अनुरोध गर्दा पनि इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालनमा भारतले समर्थन नगर्दा देखिएको समस्य थियो।
नेपालले जहाजलाई अवतरणका क्रममा मार्गनिर्देश गर्ने स्याटलाइटमा आधारित आरएनपी–एआर (रिक्वाइर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वाइर्ड) प्रणाली लागू गर्ने निर्णय गरेको हो ।



















