सोलुखुम्बु क्षेत्रमा यसवर्षको पहिलो हिमपात भएको छ । मध्य पौष बित्दा पनि हिउँ पर्न नसकेको खुम्बुमा गएरातिदेखि हिमपात भइरहेको छ । तापक्रममा समेत निरन्तर गिरावट आएसँगै हिउँ पर्न थालेको हो ।
हिउँ नपरेर खुम्बु क्षेत्रका हिमालहरू कालापत्थर देखिन थालेका थिए।बेलैमा हिमपात नपरेका कारण हिउँ पग्लिदै गएको थियो।गएराती देखि हल्का हिमपात भएसँगै हिमालहरू सेता देखिन थालेका छन्। खुम्बु क्षेत्रका गाउँहरू हिउँले सेताम्मे देखिएका छन् । नाम्चेको तापक्रम बिहानैबाट माईनस ११ डिग्रीमा झरेको छ ।
चिसो अत्याधिक बढेपछि स्थानीय पर्यटन व्यवसायी छिमिकाल्देन शेर्पाले बताए । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वारा नाम्चे भन्दामाथिका गाउँहरूमा हिमपात भएपछि त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हिउँदयाम सुरु भएसँगै खुम्बु क्षेत्रका ९५ प्रतिशत होटलहरू भने बन्द भएका छन् ।



















