मोरङ्द्वारा, बुढीगङगा -२,   चुडाकवि स्मृति प्रतिस्ठान बुढीगङगा -२, मोरङ्द्वारा आयोजित " भौतिक पूर्वाधार विकास कि सामाजिक पूर्वाधार विकास" शीर्षकको अन्तर मोरङ जिल्ला कक्षा ९-१२ स्तरीय वादविवाद प्रतियोगितामा श्री पोखरिया मा.वि.,विराटनगर -३, मोरङको कक्षा १० मा अध्ययनरत छात्रा रागिनी न्यौपानेले द्वितीय स्थान प्राप्त गरी नगद रु१५,००० , ट्रफी र प्रमाणपत्र सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूका बाहुलीबाट सम्मान सहित पुरस्कृत हुन सफल भएकी छन्।