प्रेस चौतारी सुनसरीको अध्यक्षमा विकास चाम्लिङ निर्विरोध निर्वाचित
- माघ १७, २०८१
- २११ पटक पढिएको
इटहरी, प्रेस चौतारी नेपाल सुनसरीको आठौं जिल्ला अधिवेशनबाट विकास चाम्लिङ राई अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष राई यो भन्दा अगाडि जिल्लामा सदस्य, सहसचिव र पछिल्लो समय उपाध्यक्षमा रहेर काम गदैं आएका थिए ।
समितिको उपाध्यक्षमा विकल पौडेल, उपाध्यक्ष (महिला) सिमा बस्नेत, सचिवमा सुदीप कुमार पोखरेल, सहसचिव लक्ष्मण कटुवाल, समावेशी सह सचिव सुमित्रा राई (सन्जु) र कोषाध्यषमा रोशन दाहाल निर्वाचित भएको निर्वाचन समितिकी संयोजक सावित्रा दाहालले जानकारी दिइन ।
सदस्यहरु क्रमशः जीवत विष्ट, निर्मला पौडेल, मौसमी कार्की, रुद्रराज शर्मा जम्मरकट्टेल, मित्र क्षेती, सचिन राइ, राजन घिमिरे, आदेश गौतम, रूपक पराजुली, सनम तामाङ र विकी श्रेष्ठ चयन भएका हुन् ।
यस्तै केन्द्रिय परिषद सदस्यहरुमा भोजराज श्रेष्ठ, शशि कोइराला, प्रेम वास्तोला, कृष्ण वहाव, हिमाल दाहाल, केशवप्रसाद भट्टराई र सुभद्रा प्याकुरेल निर्वाचित भएका छन् ।
यस्तै प्रदेश परिषद् सदस्यहरुमा शैलेन्द्र चौधरी, भोला श्रेष्ठ, रेवती निरौला, शिशिर भट्टराई, बाबुराम खड्का, रुमा रिजाल र यसोदा सेने निर्वाचित भएका छन् ।
निर्वाचित कार्यसमितिलाई प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले सपथ ग्रहण गराएका थिए ।
सम्मान र पुरस्कार
सोही अवसरमा प्रेस चौतारी नेपाल सुनसरीमा विगतमा नेतृत्व गरेर महत्वपूर्ण योगदान दिएको भन्दैं पूर्व अध्यक्षहरुलाई सम्मानसमेत गरिएको थियो ।भने संस्थापक पूर्व अध्यक्ष राजकुमार कार्की, कृष्णविनोद लम्साल, किशोरकुमार कार्की, गोपाल देवान, भमि ज्वाला राई, लिलाराज भट्टराई, देवेन्द्र कार्कीलगायतलाई सम्मान गरिएको थियो । नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई, संगठनका अध्यक्ष गणेश बस्नेतले उनीहरुलाई सम्मान गरेका थिए ।
यसै गरि प्रेस चौतारी सुनसरीले स्थापना गरेको स्व. अमर बहादुर कार्की स्मृति पत्रकारिता सम्मानबाट कोशी प्रदेशका अग्रज पत्रकार क्रिम लुइटेललाई सम्मान गरिएको हो। स्व. अमरबहादुर कार्कीका छोराहरुले स्थापन गरेको अमर फाउडेशन नेपालको तर्फबाट सम्मान गरिएको छ । यसै गरि निर्माण भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट भोजराज श्रेष्ठ, कौशिला खतिवडा स्मृति पत्रकारिता पुरसकारबाटबाट बसन्त बानतवा र प्रेस चौतारी उदयमान पत्रकारिता पुरस्कारबाट सृर्जना ठाकुर पुरस्कृत भएका हुन् ।
अधिवेशनको खुल्ला सत्रको उद्घाटन केन्द्रीय अध्यक्ष बस्नेतले गरेका थिए । भने कार्यक्रममा नेकपा एमाले जनसङ्गठन समन्वयन संयन्त्रका संयोजक भानुभक्त ढकाल, कोशी प्रदेश इन्चार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राई, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको विशेष आतिथ्यता रहेको थियो । यस्तै नेकपा एमालेका नेता, प्रेस चौतारीका पूर्व अध्यक्ष साथै प्रेसजन्य सङ्गठनका जिल्लाका प्रमुख, नेपाल पत्रकार महासङ्घका नेतृत्वको आतिथ्यता रहेको थियो ।




















