विराटनगर, शिक्षा ,शिक्षक विद्यालय कर्मचारीहरूका हक हित र अधिकार,शैक्षिक क्षेत्रका तमाम अन्न्योलका समाधान सम्बोधन गरिएको अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिदै शिक्षकहरू सडकमा उत्रिएका छन् ।
कोशी प्रदेशका तमाम शिक्षक ,विद्यालय कर्मचारी, पेन्सन बन्चित शिक्षक, बालबिकासका शिक्षक सडकमा उत्रिएका हुन् ।
शिक्षामा लगानी वृद्धि, तथा नेपाल शिक्षक महासंघसँग गरिएको सम्झौताको पुर्ण कार्यान्वयन सहितको शिक्षा ऐन अविलम्ब पारित गर्न सरकार तथा सरोकारवालालाई दवाव दिने कार्यक्रम अन्तर्गत नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा फागुन १५ गते देशब्यापीरूपमा सातै प्रदेशका सामाजिक विकास मन्त्रालय तथा मुख्यमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अन्तर्गत आज दिउँसो१२:३० बजे नेपाल शिक्षक महासङ्घ कोसी प्रदेशको नेतृत्वमा कोशी प्रदेश मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्की समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ।हाम्रा जायज मागहरूलाई सम्बोधन नगरिए सम्म ,विद्यालय शिक्षा ऎन जारी नभएसम्म यो आन्दोलन र खबरदारी निरन्तर चलिरहने नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय केन्द्रीय सदस्य रीता पाठकले जानकारी दिएकी छन् । पालिका, जिल्ला र प्रदेशमा ध्यानाकर्षण पत्र बुझाइ सकिएको जानकारी दिदै अब यो आन्दोलन आगामी फागुन २४ गते काठमाडौमा हुने कुरा आन्दोलन परिचालन कमिटीले बताएका छन् ।






















