विराटनगर ।२३ बैशाख आफ्ना विद्यलायमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारिक र जीवन उपयोगी शिक्षा प्रदान गर्न धरान–१५ मा रहेको के के इन्टरनेसनल स्कुलले शिक्षकहरुलाई परियोजनामा आधारित शिक्षण विधिबारे तालिम दिइएको छ ।
विद्यालयमा तीन दिनसम्म भएको तालिममा विद्यार्थीहरुलाई शिक्षकले लेक्चर विधी नअपनाएर उनीहरुलाई परियोजनामा आधारित शिक्षण विधीबाट कसरी विद्यार्थीहरुलाई सिकाउने र विद्यार्थीहरुलाई व्यवाहारिक शिक्षा कसरी दिने भन्ने बारे प्रशिक्षण दिइएको विद्यालयले जनाएको छ ।
तालिमको सहजिकरण काठमाडौं विश्वविद्यालयका सहप्रध्यापक पिएचडी स्कलर इन्द्रमणी श्रेष्ठ र सोही विश्वविद्यालयकी इसिडी सहजकर्ता समिरा दाहालले सहजिकरण गरेकी थिइन्।
विद्यालय शिक्षा व्यवहारिक नहुँदा विद्यार्थीहरुको सिकाइ व्यवहारमा काम नलाग्ने भए पछि उनीहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गर्न र परियोजनामा आधारित सिकाईलाई प्रभावकारी बनाउन कार्यरत ६१ जना शिक्षक शिक्षिकाहरुलाई तालिम दिइएको विद्यालयका प्रधानाध्यापक हरिश्चन्द्र बुडाथोकीले जानकारी दिए।
विद्यार्थीहरुलाई सिकाउदा खोजमुलम विधि, कला विधि, सिकाइलाई विभिन्न विषयसँग जोडेर गरिने शिक्षण तथा अनुभवमा आधारित शिक्षणबाट बालकालिकलाई प्रभावकारी रुपमा सिकाउन सकिन्छ ।’– प्रधानाध्यापक बुडाथोकीले भने–‘त्यसैले विद्यार्थी केन्द्रित विभिन्न शिक्षण विधि अपनाएर पठाउन शिक्षकहरुलाई तालिम दिइएको हो ।
कक्षा पिजीदेखि ३ सम्म र कक्षा ४ देखि कक्षा १० सम्मको समुह बनाएर तालिम दिइएको विद्यालयले जनाएको छ । आगामी साउनमा पाठ्यक्रममा आधारित भएर नयाँ शिक्षण विधीबारे थप तालिम दिइने प्रधानाध्यपक बुडाथोकीले बताए।
अवको शिक्षा परियोजनामा आधारित भए मात्र विद्यालयहरुले भविष्यमा जुनसुकै क्षेत्रमा काम गरे पनि सफल हुने विद्यालयका शैक्षिक निर्देशक रोविन सिएमले जानकारी दिए।




















