रङ्गेली नगरपालिका वडा नं. ८ दर्वेशा मोरङ्गको महालक्ष्मी माध्यमिक विद्यालयको निर्वाचन सम्पन्न भएको छ।

बालबालिकाहरूको शैक्षिक गुणस्तर वृद्धिमा पाठ्यपुस्तक भित्र मात्र नभएर पाठ्यपुस्तक सङ्ग सम्बन्धित अतिरिक्त कार्यकलापमा पनि उत्तिकै अग्रस्थानमा छलाङ् मारिरहरको छ । यसको प्रयोग आज मिति २०८२/०२/१४ गतेका दिन विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बाटै विद्यालय मनिटर र सहायक मिटरको लागि नेतृत्व चयन सफलताका साथ सम्पन्न भएको छ । निर्वाचन प्रकृयाबाट बिजयी हुने छात्र /छात्रा तथा कक्षा मनिटर , उपमनिटर समेतलाई कार्यभार तथा जिम्मेवारीको लागि प्रशिक्षण समेत दिइयो । यसमा विद्यालयका प्रधानाध्यापक , शिक्षक, कर्मचारी तथा स्काउटका विद्यार्थीहरु परिचालित थिए।


IMG-20250528-WA0003

निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतमा कक्षा १० का छात्र सुरज ताजपुरिया, मतदान अधिकृतमा कक्षा १० की छात्रा बन्दना ताजपुरिया रहेकी थिइन्। साथमा सहयोगी छात्र छात्रामा शुसिल पण्डित, राहुल प्रसाद राजवंशी , अनु रिषिदेव , निराशा ताजपुरिया उपेन्द्र उराव लगायत निर्वाचन कार्यलाई ब्यवस्थित गर्न तेजलाल दास , दोस्तराज गिरी निर्मल राजवंशी लगायत शिक्षकहरूले जिम्मेवारी लिए।

निर्वाचनमा विद्यालय मनिटरमा ४ जना र उपक्याप्टनमा ३ जनाको प्रतिष्पर्धा भएको थियो जसमा क्याप्टेनमा कक्षा ९ की छात्रा रिङ्की यादवले १४९ मतले विजयी भए। भने उपक्याप्टनमा कक्षा ९ कै छात्रा बिनीता यादवले १८८ मतले बिजयी भएकी छिन्।

यो निर्वाचनले कक्षा १० मा अध्यनरत बिधार्थीहरूको सामाजिक बिषय अन्तर्गत निर्वाचन पाठको प्रयोगात्मक सिकाई समेत भएको सम्बन्धित बिद्यालयका शिक्षक श्री चिरञ्जीवी काफ्लेले शङ्खघोष अनलाइन समाचारलाई जानकारी दिए।


IMG-20250528-WA0004