तिमी सुन्दर मन्जरी  हौ तिमी फूलपाती

तिमी मेरो मनमा बल्ने दियो अनि बाती।


हाम्रै प्रितमा फुट्छन् अचेल हेर मूलहरू

हाम्रै  प्रेममा  लहडिँदै  फुल्छन् फुलहरू

दिनमा तिमी  घाम  मेरी चाँदनी हौ राती

तिमी मेरो मनमा बल्ने दियो अनि बाती।


यो मनभित्र बनेको छ  तिम्रो सुन्दर चित्र

प्राण  बनेर   बसेकी  छौ   मेरै   मुटुभित्र

भगवानले जुराइदिए  तिमी जस्तो साथी

तिमी मेरो मनमा बल्ने दियो अनि बाती।


तिमी आयौ जिन्दगीको हाँसो खुसी बनी

आधार भो जीवन यो जिउन मलाई पनि

तिमीनै छौ सुन्दर अनि तिमीनै छौ जाति

तिमी मेरो मनमा बल्ने  दियो अनि बाती।


✍ नवशिला , 

, डिल्लीबजार, पिपलबोट।