रङ्गेली। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शिक्षक महासंघ मोरङ्ग जिल्लाको आयोजना र शिक्षा समन्वय एकाई मोरङ्गको सहयोगमा विद्यालय सुशासन तथा सामाजिक परीक्षण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम नगरपालीकाको सभाहलमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा रङ्गेली , सुनवर्षि , रतुवामाई र धनपालथानका माध्यमिक विद्यालय प्रधानाध्यापक, वि ब्य स अध्यक्ष र शि अ सङ्घका अध्यक्ष ज्यूहरूको उपस्थिति रहेको थियो ।
रङ्गेली नगरपालिका नगरप्रमुख श्री दिलीपकुमार अग्रवाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा समन्वय एकाई प्रमुख जीवन गड्तौला लगायतका सहजकर्ताले बिषय वस्तुमा सहजीकरण गरे।
नेपाल शिक्षक महासंघ मोरङ्गका अध्यक्ष श्री कुमार पोखरेल ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासंघ रङ्गेली अध्यक्ष श्री चिरञ्जीवी काफ्लेले स्वागत मन्तव्य राखे।भने कार्यक्रम सञ्चालन नेपाल शिक्षक महासंघ मोरङ्गका सचिव प्रेमप्रकाश कोइरालाले गरेका थिए।