काठमाडौं। २८ असार । खोटाङका साहित्यकार एवं सञ्चारकर्मी श्रीराम राईलाई ‘गोधूलि भानु काव्य सम्मान–२०८२’ प्रदान गरिएको छ ।

नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वद्र्घन र संरक्षण पु¥याएको योगदानको कदर गर्दै गोधूलि साहित्य प्रतिष्ठान, काठमाडौंले साहित्यकार एवं पत्रकार राईलाई ‘गोधूलि साहित्य सम्मान’ प्रदान गरेको हो । २१२ औं भानुजयन्तीको अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान (लेखनाथ प्रवचन कक्ष)मा असार २८ गते आयोजित कार्यक्रममा प्रतिष्ठानले साहित्यकार एवं सञ्चारकर्मी राईलाई सम्मान गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पा, चिउरीडाँडा, सिर्जनाकुञ्जका राईले यसअघि इडन व्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानीशङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघ, स्वर्ण महोत्सव (२०८०) जस्ता सम्मान तथा पुरस्कार पाइसकेका छन् ।

१० वर्षे शिक्षण पेशाको अनुभव सँगालेर काठमाडौं प्रवेश गरेका राई बालकथा, लघुकथा, हाइकु, मुक्तक, गीत, गजल र कवितामा उत्तिकै कलम चलाउँछन् ।

उनको ‘टोली नेता’ (बालकथासंग्रह, २०७४), ‘आजका लघुकथा’ संयुक्त लघुकथासंग्रह (२०७४), ‘पोलेको मकै’ बालकथासंग्रह, २०७८) लगायतका कृति प्रकाशित छन् । रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपाल शाखा खोटाङको पहिलो अध्यक्ष पनि हुन् ।

यस्तै राधेश्याम लेकाली, गंगा पौडेल कर्माचार्य, रेणुका भट्टराई, भीष्मराज ढुंगेल, विक्रमभक्त जोशी, रेणु अधिकारी ‘मौनता’, दीप सागर थापा मगर, गीता अर्याल, लोकगायक प्रेम खड्का र एन्जल्स वल्र्ड इन्टरनेशनल एकेडेमीलाई पनि

‘गोधूलि भानु काव्य सम्मान–२०८२’अर्पिएको छ ।

गोधूलि साहित्य प्रतिष्ठानले वरिष्ठ कवि तुलसी दिवसलाई ‘गोधूलि भानु शिखर अभिनन्दन’ गरेको छ ।

गोधूलि कला साहित्य प्रतिष्ठानकी ललिता दोषीले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रममा साहित्यकार गोपीकृष्ण प्रसाईले आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताए । त्यस्तै वरिष्ठ कवि प्रल्हाद पोखरेलले आदिकविको आचार्यको योगदानबारे बोलेका थिए ।

वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्य तथा

संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ‘गोधूलि भानु काव्योत्सव’ पनि सम्पन्न भएको छ।

राजन न्यौपानेले सहजीकरण गरेको रचना वाचन कार्यक्रममा

आशीष ऐडी, ओमकृष्ण प्रसाई, विश्वविमोहन श्रेष्ठ, राधेश्याम लेकाली, राजु उपरकोटी, द्वारिका कुइँकेल, घनबहादुर थापा, रोमा लम्साल, भगवती बस्नेत र रश्मि रिमालले भानु समर्पित कविता, गजल तथा मुक्तकवाचन गरेका थिए ।

कार्यक्रममा भोजभक्त कँडेल, प्रकाश समीर, रेणु अधिकारी ‘मौनता’, विक्रमभक्त जोशी र बालकवि स्वस्तिका गुरुङले पनि रचना वाचन गरेका थिए।

कार्यक्रममा रचना वाचन गर्ने कविहरूलाई मायाको चिनो प्रदान पनि गरिएको थियो ।

यसैबीच वरिष्ठ समाजसेवी संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले आफ्नो २५ औं वैवाहिक वर्षगाँठको अवसरमा गोधूलि कला साहित्य प्रतिष्ठानलाई ५ लाख ५ हजार ५ सय प्रदान गरेकी छन् । गोधूलि भानु काव्योत्सवकै अवसरमा गुरुङले उक्त रकम प्रदान गरेकी हुन् ।


Messenger_creation_0A2AB8E7-D4F5-4F01-B880-FDA153B8619C