विराटनगर।महिनावारी भएका बेला छाउगोठमा रहेकी एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढीस्थित सेती प्रदेशिक अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको मृत्यु भएको जनाएको छ। ‘राति खाना खाएर छाउगोठमै सुतेका बेला सर्पले डसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले जानकारी दिए । उनका अनुसार शुक्रबार राति छाउगोठमा सुतेका बेला सर्पले डसेको थियो । स्थानीयले राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याएका थिए ।




















