विराटनगर । विराट आँखा अस्पतालले श्रमिक तथा निजी क्षेत्रका कामदारहरूलाई लक्षित गर्दै सामाजिक सुरक्षा कोष (एसएसएफ) को डेस्क स्थापना गरेको छ। शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी अस्पताल भवनभित्र डेस्कको औपचारिक उद्घाटन गरिएको हो।
कार्यक्रममा कोशी प्रदेशका प्रदेश सभा सदस्य भीम पराजुलीले रिबन काटेर डेस्कउद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै सांसद पराजुलीले विराटनगर स्वास्थ्यको हबका रूपमा विकसित हुदै गएको उल्लेख गर्दै विराट आखा अस्पताललाई देशकै उत्कृष्ट आँखा अस्पतालको रूपमा प्रशंसा गरे। उनले सामाजिक सुरक्षाको पहुँचलाई थप सहज बनाउने यस्ता कदमहरू स्वागतयोग्य भएको बताएका छन्।




















