निबन्ध प्रतियोगितामा बबिता राजवंशी प्रथम
- भदौ ६, २०८२
- ५८१ पटक पढिएको
विराटनगर ।आर्थिक सशक्तिकरणका लागि प्रभावकारी सञ्जाल” द्वारा विराटनगर–२ स्थित श्री जनता नमुना विद्यालयका कक्षा ११ का १८ जना विद्यार्थीबीच “तीज पर्वले समाजमा पारेको आर्थिक–सामाजिक प्रभाव” विषयमा निबन्ध प्रतियोगिता २०८२ भदौ ५ गते सम्पन्न भएको छ ।
प्रतियोगिताको परिणाम घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भदौ ६ गते विद्यालय प्राङ्गणमा आयोजना गरिएको थियो । सो कार्यक्रम संस्थाकी अध्यक्ष सरु केसीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. २ का कार्यवाहक अध्यक्ष दीपक प्रधान प्रमुख अतिथि रहनुभएको थियो भने जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक चिन्तामणि रिजाल र सामुदायिक प्रहरी सेवा विराटनगर–२ की अध्यक्ष एवम् समाजसेवी मिना जोशी विशेष अतिथि रहेकी थिइन्।
प्रतियोगिताको मूल्याङ्कन निर्णायक मण्डलीका सदस्य ईश्वर घिमिरे र मधु राईले गर्नुभएको थियो । परिणामअनुसार बबिता राजवंशी प्रथम, गणेश बस्नेत द्वितीय, आशिका राजवंशी तृतीय र अनिका खातुन सान्त्वना स्थानमा चयन भए । प्रमुख अतिथिले विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरे ।
सो अवसरमा संस्थाकी कोषाध्यक्ष राखी कार्कीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने अतिथिहरूमध्ये प्रधानाध्यापक चिन्तामणि रिजाल, सामुदायिक प्रहरी अध्यक्ष मिना जोशी, वडा नं. २ का कार्यवाहक अध्यक्ष दीपक प्रधान र निर्णायक ईश्वर घिमिरेले आफ्ना धारणा राखे।वक्ताहरुले तीज पर्वले सामाजिक एकता, सांस्कृतिक पहिचान र आर्थिक सशक्तीकरणमा पु¥याएको योगदानबारे प्रकाश पारे।
कार्यक्रममा पुरस्कृत विद्यार्थीहरूले आफ्ना निबन्ध प्रस्तुत गरेर तीज पर्वले समाजमा ल्याउने सकारात्मक परिवर्तन र आर्थिक–सामाजिक प्रभावबारे आफ्ना विचार सार्वजनिक गरेका थिए।कार्यक्रमको संचालन भने सुनिता छाराहाङको रहेको थियो।























