विराटनगर ।आर्थिक सशक्तिकरणका लागि प्रभावकारी सञ्जाल” द्वारा विराटनगर–२ स्थित श्री जनता नमुना विद्यालयका कक्षा ११ का १८ जना विद्यार्थीबीच “तीज पर्वले समाजमा पारेको आर्थिक–सामाजिक प्रभाव” विषयमा निबन्ध प्रतियोगिता २०८२ भदौ ५ गते सम्पन्न भएको छ ।

प्रतियोगिताको परिणाम घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भदौ ६ गते विद्यालय प्राङ्गणमा आयोजना गरिएको थियो । सो कार्यक्रम संस्थाकी अध्यक्ष सरु केसीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. २ का कार्यवाहक अध्यक्ष दीपक प्रधान प्रमुख अतिथि रहनुभएको थियो भने जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक चिन्तामणि रिजाल र सामुदायिक प्रहरी सेवा विराटनगर–२ की अध्यक्ष एवम् समाजसेवी मिना जोशी विशेष अतिथि रहेकी थिइन्।

प्रतियोगिताको मूल्याङ्कन निर्णायक मण्डलीका सदस्य ईश्वर घिमिरे र मधु राईले गर्नुभएको थियो । परिणामअनुसार बबिता राजवंशी प्रथम, गणेश बस्नेत द्वितीय, आशिका राजवंशी तृतीय र अनिका खातुन सान्त्वना स्थानमा चयन भए । प्रमुख अतिथिले विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरे ।

सो अवसरमा संस्थाकी कोषाध्यक्ष राखी कार्कीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने अतिथिहरूमध्ये प्रधानाध्यापक चिन्तामणि रिजाल, सामुदायिक प्रहरी अध्यक्ष मिना जोशी, वडा नं. २ का कार्यवाहक अध्यक्ष दीपक प्रधान र निर्णायक ईश्वर घिमिरेले आफ्ना धारणा राखे।वक्ताहरुले तीज पर्वले सामाजिक एकता, सांस्कृतिक पहिचान र आर्थिक सशक्तीकरणमा पु¥याएको योगदानबारे प्रकाश पारे।

कार्यक्रममा पुरस्कृत विद्यार्थीहरूले आफ्ना निबन्ध प्रस्तुत गरेर तीज पर्वले समाजमा ल्याउने सकारात्मक परिवर्तन र आर्थिक–सामाजिक प्रभावबारे आफ्ना विचार सार्वजनिक गरेका थिए।कार्यक्रमको संचालन भने सुनिता छाराहाङको रहेको थियो।


20250822_104949


20250822_11193420250822_095339